Logo

अर्को विश्वकप २०२६ मा अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने

फिफा विश्वकपको २३ औँ संस्करण अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ । तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप गर्न लागेको यो पहिलो पटक हो ।

अर्को विश्वकप तीन वर्ष ६ महिना पछि अर्थात सन २०२६ मा हुनेछ । यो विश्वकपमार्फत सहभागी टिमको संख्या ३२ बाट ४८ पुग्नेछ ।
प्रतियोगिता सुरु हुने मिति भने निश्चित भइसकेको छैन । तर नियमित तालिका जुन, जुलाइमा नै विश्वकप फर्कने बताइएको छ । नोभेम्बर, डिसेम्बरमा विश्वकप सञ्चालन भएको यो पहिलो पटक हो । कतारको गर्मीलाई छल्न फिफाले समय परिवर्तन गरेको थियो ।

मेक्सिकोले यसअघि सन् १९७० र १९८६ मा विश्वकप सञ्चालन गरिसकेको छ । सन् २०२६ मा मेक्सिको आयोजक र सह आयोजकका रुपमा तीन विश्वकप गर्ने पहिलो देश बन्नेछ ।  यस्तै सन् १९९४ को विश्वकप अमेरिकामा भएको थियो । क्यानडाले भने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ । सबैभन्दा बढी ६० खेल अमेरिकामा हुनेछ ।  मेक्सिको र क्यानडामा दश/दश खेल खेलाइने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्