Logo

छटपटि मेयर बालेन शाहको खुसिको छटपटि, मेयर शाहको विचारमा विरोध र आलोचना…(हेर्नुस् भिडियो)

यतिखेर नेपाली पब्जि टिम डिआरएस ले पब्जि खेलको विश्व च्यामपियनमा दोस्रो जित हात पारेको छ । पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको हो । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस पब्जि टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक बनाएका थियो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र बनायो । उप-विजेता नेपालि पब्जि टिम डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । अर्थात लगभग ३ करोड नेपालि रुपैया डीआरएसले जितेको छ । यस प्रकारको अनलाईन खेलमा काठमाडौका मेयर बालेन शाहले पुर्ण साथ दिएका छन । मेयरमा चुनिय सगै इस्पोर्टको क्षेत्रलाई अब्बल बनाउने मेयर शाहले बताएका थिए । इस्पोर्टको क्षेत्रका लागि भन्दै उनले बजेट पनि छुटाएका छन् ।

हाल इन्डोनेसियामा भएको पब्जि खेलको कार्यक्रममा पनि उनि इन्डोनेसियानै पुगेर खेलाडिहरुलाई हौसला प्रदान गरेका थिए । खेलमा भाग लिन जाने क्रममा पनि मेयर बालेन शाहले उक्त टिमका खेलाडिहरुलाई खादा ओडाएर जितको शुभकामना दिदै हौसला दिएका थिए । फाइनलमा उनि इन्डोनेसियानै पुगे । उप-बिजेता बनि डीआरएस पब्जि टिम हिजो बेलुका नेपाल आएका छन । एरपोर्टमा उक्त टिमलाई स्वागत गर्ने क्रममा मेयर शाह निकै बैचेन देखिन्थे । खेलाडिहरुलाई स्वागत गर्ने क्रममा उनि भित्र बाहिर गरिरहेका थिए ।

यो छटपटि मेयर शाहको खुसिको छटपटि रहेको थियो । शुरुवातमा इस्पोर्टमा लगानि गर्ने मेयर शाहको विचारमा विरोध र आलोचना भएको थियो । तर हाल सोही अनलाईन गेमिन्ग पब्जि खेलले नेपाललाई विश्वमा चिनाएको छ । मेयर शाहले बनाएको योजना र विश्वासले सकरात्मक सार्थक्ता पाएको देखिन्छ । उप-बिजेता बनेको डीआरएस टिम सगै मेयर बालेन शाहले नाराबाजि गर्दै यो जित कसको नेपालको साथै वि लभ नेपाल भनेका थिए।

सोमबार बेलुका डीआरएस टिमलाई एयरपोर्टमा स्वागत गर्ने क्रममा बाजा बजाएर सडकै नाचगान भएको थियो । डीआरएसको सफलतामा मेयर शाह निकै खुसि देखिन्थे । फाइनलमा नै पुगेको नेपालकै अर्को टिम भने १३ औं स्थानमा रहेको थियो । १३ औं स्थानमा रहेको उक्त टोलिले पनि १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ । यघपि समय-समयमा नेपालमा पब्जि लगायतका अनलाईन गेमिन्गलाई बन्द गर्ने कुराहरु पनि चलिरहेका हुन्छन ।

हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस्