Logo

सन्दीपले राष्ट्रिय टिमका चार क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गर्दै ट्विटरमा के लेखे ?

 

 

क्रिकेटर सन्दीप लामिछानेले केही क्रिकेटरलाई इन्स्टाग्राममा अनफलो गरेका छन् । ट्विटर ह्यान्डलको बायोमा निराशाजन्य भाव व्यक्त गरेका लामिछानेले राष्ट्रिय टिमका केही खेलाडीहरुलाई इन्स्टाग्राम अनफलो पनि गरेका हुन् ।

सन्दीपले राष्ट्रिय टिमका खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल लगायतलाई इन्स्टाग्राम अनफलो गरेका छन् । बलात्कार आरोपमा आफू जेल पर्दा साथी खेलाडीहरुले कुनै पनि तरिकाबाट बचाउमा नबोलेको र नलेखेको भनि उनी असन्तुष्ट थिए । पछिल्ला दिनमा केही क्रिकेटरले उनको पक्षमा लेखेका छन् । ती क्रिकेटरलाई सन्दीपले अनफलो गरेका छैनन् ।

आफ्नो ट्विटर ह्यान्डलको बायो भर्खरै परिवर्तन गरी सन्दीपले लेखेका छन्, ‘एन्ड द स्टोरी इन्ड्स हियर ।‘र, कथा यहाँ अन्त्य हुन्छ ।’ यसअघि उनको बायोमा राष्ट्रिय क्रिकेट खेलाडी लेखिएको थियो ।त्यस्तै सन्दीपले हिजो मात्रै आफ्नो राष्ट्रिय टिममा पुनरागमनबारे नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दसँग कुराकानी गरेका थिए । उनी क्रिकेट मैदानमा समेत पुगेका थिए । अध्यक्ष चन्दले स्पष्ट जवाफ नदिएपछि सन्दीप केही निराश बनेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्