Logo

नेपाली कला र संस्कृति कहिल्यै मर्ने छैन : अध्यक्ष कपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताउनुभएको छ । भक्तपुरमा आयोजित चौथो एपीक नेपाल म्युजिक अवार्ड प्रदान गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरू लागेकाले कला र संस्कृति नमर्ने उहाँले बताउनुभयो । उहाँले नेपाली संस्कार र संस्कृतिहरू कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । नेपाली कला र संस्कृतिलाई मन पराउने नेपाली धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्त्व अपार रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्धन र प्रवर्धन गर्ने काममा कलाकारहरू लागेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पिर गर्नु पर्दैन, कला संस्कृति मर्दैन । किनभने नेपाली जनता छन्, आफ्नो कला संस्कृतिलाई मन पराउने, संरक्षण, सुरक्षा गर्ने नेपाली जनता छन् ।’ हामीले नेपाली संस्कृतिलाई विभिन्न ढङ्गले संरक्षण गर्दै जानुपर्ने उहाँको भनाइ छ । नेपाली जनजीवनका बोली कलामा उतार्ने, ‘खाँदिन कुवाको पानी’ मामुलीजस्तो सुनिन्छ तर हाम्रो संस्कृति भनेको अहिले भर्खर मात्रै धारा आए पनि पहिला त कुवाको पानी हो अध्यक्ष ओलीले भन्नुभयो ।

‘गीतले हाम्रो कला, संस्कृतिलाई अमर राखेको छ । कला, संस्कृतिलाई जीवन्त ढङ्गले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्द्धन र प्रवर्धन गर्ने कार्यमा कलाकारहरू लाग्नुभएको छ’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले कलाकारलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाउनुभएको थियो । उहाँले आफूले माटोका भाँडा बनाएर प्रजापति र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्