Logo

‘आईएम ट्वान्टी वान’को रिलिज डेट घोषणा

धीरज मगर स्टारर फिल्म ‘ज्याकी स् आईएम ट्वान्टी वान’ आगामी वैशाख २१ गते रिलिज हुने भएको छ । निर्माण कम्पनी आइकोर फिल्म्सले बिहीबार सरस्वती पूजाको अवसरमा फिल्मको नयाँ नाम सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

‘यसअघि आईएम ट्वान्टी वान’ भनिए पनि नाममा ‘ज्याकी’ थपिएको छ । छायांकन सम्पन्न भइसकेयता आइकोरले औपचारिक रुपमा फिल्मको घोषणा गरेको हो । शीर्ष भूमिकामा मगरकै अभिनय रहनेछ । रेनशा राई राणा निर्देशित फिल्ममा जसिता गुरुङ, अरुण क्षेत्री लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्