Logo

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बहस सकियो, फैसला आजै आउने

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा भर्खरे उक्त मुद्दाको सुनुवाई सकिएको हो । आजै सो मुद्दाको फैसला आउने छ । इजलाशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा छन् । बहस सकिएपछि अहिले न्यायाधीशहरू फैसला लेखनमा जुटेका छन् ।

अमेरिकी नागरिकता र पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको भन्दै उनीविरुद्ध रिट परेको थियो

प्रतिक्रिया दिनुहोस्