Logo

महानगरबासीलाई सेवक सरकारको प्रत्याभुती दिन ३२ वटै वडामा हेल्प डेस्क संचालनमा ल्याइने ।

काठमाडौँ महानगरपालिका र नेपाल ल क्याम्पस बिच काठमाडौं महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा निशुल्क कानुनी सेवा उपलब्ध गराउन आज समझदारी भएको छ । समझदारीपत्र अनुसार सबै महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत तयार गर्न, मौखिकरुपमा कानुनी परामर्श सेवा दिने कार्य हुनेछ।

नेपाल ल क्याम्पसमा अध्ययनरत एल एल एम, एल एल बि तथा बिए एलएलबि तहमा अध्ययनरत बिधार्थीहरूबाट कार्यालय अवधिभर वडा कार्यालयहरू र केन्द्रीय कार्यालयमा बसी सेवा प्रदान गरेबापत रू १५००० मासिक सुबिधा उपलब्ध गराउने शर्त रहेको छ । यसबाट महानगरबासीलाई निशुल्क कानुनी सेवा उपलब्ध हुने निश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस्