Logo

ब्रिस्वेनमा भ्वाइस अफ नेपालको सांगीतिक कार्यक्रम, प्रमोद खरेलदेखि करण राईले प्रस्तुति दिने

ब्रिस्वेनमा ‘दि भ्वाइस अफ नेपाल’को टिमले सांगीतिक कार्यक्रम गर्ने भएको छ। नमस्ते इभेन्टको आयोजनामा फेब्रवरी २२ मा ब्रिस्वेनको वूलुनगब्बा स्थित दि प्रिन्सिस थ्रेटरमा उक्त सांगीतिक कार्यक्रम गरिने भएको हो।
एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रममा कोच प्रमोद खरेल, दि भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरन गजमेर, सिजन–४ का बिजेता करण राई, सिजन–४ का टप १० फाइनलिस्ट वर्षा इतानी, सिजन–२ का आरिफ राउफ र सिजन–३ का टप ८ फाइनलिस्ट निहारिका ज्ञवालीले प्रस्तुति दिने नमस्ते इभेन्टका सोइता पोखरेल र लक्ष्मी थापाले जनाकारी दिएका छन्। कार्यक्रम संचालन सुशिल नेपालले गर्नेछन्।

एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका क्वीन्सल्याण्ड संयोजक सागर अर्यालले कार्यक्रमको टाईटल स्पोन्सर बन्न पाउँदा आफु निकै खुःशी भएको बताए । उनले यस्ता खालका सांगीतिक कार्यक्रमले यहाँ रहेका नेपाली समुदायलाई जोड्ने काम गरेको भन्दै विसुद्ध मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन आग्रह गरे। एक्सपोर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका अरुण पौडेलले उक्त कार्यक्रमलाई सफल पार्न यहाँ रहेका नेपालीको ठुलो सहयोग आवश्यक हुने बताए। उनले नयाँ प्रतिभालाई सपोर्ट गर्नु पर्ने बताए।

नमस्ते इभेन्टले उक्त सांगीतिक कार्यक्रमका लागि टिकट बुकिङ खुला गरेको छ। टिकट साधारण र भिआइपी गरी दुई किसिममा उपलब्ध गराइएको छ। कार्यक्रममा सहभागिताका लागि १८ वर्ष पुरा भएको हुनुपर्ने छ। भिआइपी टिकट खरिद गर्नेलाई एक प्लेट मःम फ्रीमा उपलब्ध गराउने थापाले बताए।

कार्यक्रम स्थल द प्रिन्सिस थ्रेटर सन १८८८ निर्माण भएको पुरानो थ्रेटर अष्ट्रेलियाको सम्पदा सूचीमा सूचीकृत छ। ९५० जना बढी क्षमता भएको यो थ्रेटरमा बालकोनी सिटको पनि सुविधा रहेको छ। कार्यक्रमलाई स्पोन्सर गर्न चाहनेले नमस्ते इभेन्टसँग सम्पर्क गर्न आग्रह गरिएको छ। कार्यक्रमको मिडिया पार्टनर केबीसी खबर अष्ट्रेलिया रहेको छ। टिकट खरिदका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्