Logo

सन्दीप बने लिग २ मा सबैभन्दा धेरै विकेट लिने तेस्रो खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग २ मा ५० विकेट पूरा गर्ने र सबैभन्दा धेरै विकेट लिने तेस्रो बलर बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग २ अन्तर्गतकै त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध तीन विकेट लिँदै सन्दीपले लिग २ मा २३ खेल खेल्दै ३।९१ को इकोनोमीमा ५१ विकेट पुरा गरेका हुन् । शीर्ष स्थानमा ओमानका बिलाल खान छन् । उनको नाममा ७६ विकेट रहेको छ । यस्तै, दोस्रो स्थानमा रहेका अमेरिकाका सौरभ नेत्रवाल्करको नामा ५८ विकेट छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबिया १३७-४ को स्थितीमा छ ।

प्रतिक्रिया दिनुहोस्