Logo

नामिबिया आज पनि पराजित भए जितविहीन घर फर्किने

ट्रम्पलम्यानको पाँच विकेट प्रेरित स्कटल्यान्डलाई २२१ रनमा अलआउट गर्दै नामिबियाले जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा मध्यम लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ४८.४ ओभरमा अलआउट हुँदै २२१ रनको योगफल तयार पारेको छ । स्कटलयन्डका लागि ओपनर केयल कोइटजेर डकआउट हुँदा, लियम नेयलरले २० रन जोडे । क्रिस्टोफर म्याकब्रिज ७५ बल खेल्दै ७ चौका प्रहार गर्दै सर्वाधिक ४७ रन बनाएर पभेलियन फर्किएका थिए । कप्तान रिची बेरिङटन ३२ रनमा आउट हुँदा म्याथ्यू क्रसले १६ रन जोडे ।

थोमस म्याकिन्टोस ३४ रन, मिचेल लिस्क २९ रन, क्रिस ग्रेभिस १४ र मार्क वाटले १० रन जोडे । नामिबियाको बलिङमा ट्रम्पलम्यानले ९.४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ५ विकेट लिए । ताङगेनी लुङगामेनीले २ विकेट लिँदा बर्नाद स्कोस्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सले एक/एक विकेट लिए ।

चार खेलको शृंखलामा पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नेपालसँग पराजित भएको नामिबिया आज पनि पराजित भए जितविहीन रहँदै घर फर्किनेछ ।

प्रतिक्रिया दिनुहोस्