Logo

वीरगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल निर्वाचित, मनिषा भइन् स्ववियु सभापति

चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गत वीरगंज नर्सिङ क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेनिकट अनेरास्ववियुले प्यानलै जित निकालेको छ ।

स्ववियु सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी कुल १५६ खसेको मतमध्ये ९१ मतसहित बिजयी भएकी हुन् । चौधरीले नेविसङ्घकी यामिनी खड्कालाई पराजित गरेकी छन् ।

सचिवमा अखिलकै सृष्टि तिमिल्सिना, कोषाध्यक्षमा अर्चना गुप्ता र सदस्यमा विवेक रणावत तथा मुन्ना श्रेष्ठ विजयी भएका छन् । १४ वर्षपछि स्ववियुको निर्वाचन भएको हो । स्थापनाकालदेखि अखिलले जित्दै आएको यो क्याम्पसमा गएको स्ववियु चुनावमा नेविसङ्घले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्