Logo

गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो ?– प्रेम सुवाल

नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो ? भनी प्रश्न गरेका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद सुवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई लिएर उक्त प्रश्न गरेका हुन् ।

‘पाँच पटक मन्त्री खाएकाले एक जनाले संस्मरणमा लेख्नुभयो– ‘मन्त्री भनेकै अरवौं भ्रष्टाचार गर्ने पद भयो ।’ आज राज्यको चौथो अंग आमसञ्चारमा सत्ता गठबन्धनकै एक सांसदले स्वास्थ्यमन्त्री हुन पार्टीलाई अढाई करोड रुपैयाँ बुझाउन पर्ने बताएको टेलिफोन वार्ता बाहिरिँदा यो पुष्टि भयो । गठबन्धन सरकारले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजेको हो र ? गठबन्धनको नेताहरुले यसबारेमा सदनमा बोल्न जरुरी छ,’– उनले भने।

प्रतिक्रिया दिनुहोस्