Logo

नेपालीलाई भुटानी शरनार्थी बनाउन ठूलै नेताको संलग्नता छ– धनराज गुरुङ

नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले नेपालीलाई भुटानी शरनार्थी बनाउने कार्यमा ठूलै नेताहरुको संलग्नता रहेको खुल्न आएको बताएका छन् ।

आज (सोमबार) को प्रतिनिधि सभलाई सम्बोधन गर्दै उनले नेपालीलाई भुटानी शरनार्थ बनाएर ठूलै नेताहरुले करोडौं असुली गरेको विषय छानविनको माग गरेका हुन् । उक्त कार्यमा संलग्न व्यक्ति जतिसुकै ठूलो नेता भएपनि कारबाहीको दायरामा ल्याउन गृह प्रशासनले आँट गर्नुपर्ने उनले बताए ।

‘नेपालीलाई भुटानी शरनार्थी बनाइदिने ? लाखौं, करोडौं रुपैया हजारौं जनतासँग उठाइएको समाचारहरु आएका छन् । यसमा ठूलै नेताहरुको पनि नाम जोडिएको छ । ठूलोलाई चैन, सानोलाई ऐन हुन्छ ? होइन भने, जतिठूलै नेताको नाम जोडिएपनि गृह प्रशासन काप्न हुँदैन । गृह प्रशासनले जतिठूलो नेता भएपनि यस घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनै पर्छ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्