Logo

श्रेष्ठको अडियो सार्वजनकि गर्ने देउजा भन्छन्, ‘भ्यूजकैपछि कुद्ने भए रविसँग घाँटी जोडेर हिँड्थे’

कपुरबोट मिडियाका सञ्चालक सन्तोष देउजाले भ्यूजकै लागि पछि कुदने भए आफ्नै क्षेत्रमा चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेसँग घाँटी जोडेर हिँडने बताएका छन्।

देउजाले केही दिन अगाडिमात्रै रास्वपाका सांसद्‍ ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि पैँसा मागेको अडियो आफ्नो मिडियाबाट सार्वजनिक गरेका थिए।

सो सार्वजनिक भएपछि देउजामाथि पनि विभिन्न टिकाटिप्पणी उठेका थिए। सो टिकाटिप्पणीको जवाफ दिँदै देउजाले बुधबार फेसबुकमा लेखेका छन्, ‘म तिमी भाईहरु जस्तो भ्यूजकोपछि कुद्ने भएको भए आज मेरै क्षेत्रमा चुनाव लडिरहेका रवि लामिछानेसँग घाँटी जोडेर हिँड्थे होला। हामी प्रोफेस्नल पत्रकार हो। पत्रकारिता पढेर, परेर, सिकेर र सिकाएर आएका हो। मेरो मिडिया हेर सबै पार्टीका उम्मेद्‍वारका स्थलगत रिपोर्टिङ छन्। अझ धेरै रवि लामिछानेकै जय जयकार पब्लिक बाईट छन्।’

सो अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठको पद पार्टीले निलम्बन गर्नुका साथै अनुसन्धानसमेत गरिरहेको छ।

यस्तो छ देउजाको स्टाट्स

नमस्कार!

जे हो सत्य त्यही सबै माझ छर्लङ्ग छ। हाम्रो तर्फबाट अडियो प्रकरणलाई बिट मारिसक्येों। बाँकी काम सम्बन्धित पार्टी, अख्तियार दुरुपयोष अनुसन्धान आयोगले छानविन गरिरहेकै छ।उच्च राजनितिक संस्कार बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीले सदनमा सबै सांसद माझ माफी मागिसक्यो। सोहि पार्टीका सभापति रवि लामिछानेले अडियो सार्वजनिक गर्ने दुर्गा प्रसाईलाई स्याबासी र धन्यवाद दिईसक्नुभयो। सांसद ढाका कुमार श्रेष्ठले पार्टीले कारबाही गरे कोर टिम बारे प्रमाण सहित सार्वजनिक गर्ने धम्की दिईरहेका समाचार आईरहेकै छन्।

हामी पनि जुनसुकै उजुरी र कानुनी अडचन फेस गर्न तयार छेो भनिसक्येों। तर टिकटक र फेसबुकमा तपाईहरु समर्थकको नाममा रोईलो गर्न छाड्नु हुन्न। आखिर किन? हिजो दिनभर म सामाजिक संजालको पहुँच बाहिर थिए। आफै गाडी चलाएर बाराको चुनावी क्षेत्रमा रिपोर्टिङ्ग सकेर फर्कदा मैले मोवाईल हेर्न पाईन। राती घरमा आएर हेर्दा कपुरबोटको पर्दाफास, अडियो फेक, दोश्रो अडियो झनै स्कृप्टेड… के के पो छ त। भ्युजको लोभमा सत्यतालाई बंग्याएर कसैको देवत्वकरणमा लाग्छेो?

हिजो सार्वजनिक गरेको फोन नम्बर एउटा कुनै युटुवर वा पत्रकारको हो अरे भन्दै म माथी प्रश्न खडा गर्छेो?
यसो भनेर मलाई गलत देखाउन खोजेको?
जनतालाई भ्रम छरेको? अरे सुन, एउटा पत्रकार नेता, सांसद हुदै गृहमन्त्री बनिसक्यो, जाबो एउटा सांसदको नाथे पिए बन्न कुन ठुलो कुरा हो?
जुन नम्बरधारी ध्रुबजंङ थापा भन्ने युटुवर भाई हुन, उनी सांसद ढाका कुमार कै सचिवालयमा छन्। राम्रो गरि बुझ। मेरो समाचारलाई लिएर टिकटक तिर ट्याउट्याउ र पेज तिर धेरै पकर पकर नगर। म मिडियाकर्मी हुँ। मिडिया व्यावसायी पनि हुँ।

म तिमि भाईहरु जस्तो भिउजको पछि कुद्ने भएको भए आज मेरै क्षेत्रमा चुनाव लडिरहेका रवि लामिछानेसंग घाँटी जोडेर हिड्थे होला। हामी प्रोफेस्नल पत्रकार हेो। पत्रकारिता पढेर, परेर, सिकेर र सिकाएर आएका हेो। मेरो मिडिया हेर सबै पार्टीका उम्मेदवारका स्थलगत रिपोर्टिङ छन। अझ धेरै रवि लामिछानेकै जय जयकार पब्लिक बाईट छन्।

कपुरबोटले अहिलेसम्म कसैलाई भ्रममा पार्ने गलत समाचार प्रशारण गरेको देखाउ, एउटा कोटा भित्र बसेर नानाभाती भुकेर भिउज बटुल्ने मिडिया सोचेको हो कपुरबोटलाई? हजारेोलाई न्यायदिएर आँशु पुछेर आएका हेो हामी। देशदेखि परदेशसम्म, भारतका गल्लि गल्लिमा लुकेर बसेका फरार व्यक्तिहरुलाई कठालो समाएर नेपाल ल्याएर प्रहरी खोर जाकेर आएका हेो हामी। हाम्रा ईतिहास हेर राम्रोसंग।

म बोल्दिन भनेर जे पनि आरोप लगाउछेो? मेरा बिरुद्ध कसैले प्रमाण सहित आवोस् म आजिवन पत्रकारिता गर्दिन। कहिले मेरो चरित्रलाई जोडेर नानाभाँती बोलेका छेो, कसैले सन्तोष देउजाले मलाई यस्तो गर्यो भनेर आएको छ? हाले हुन्छ नि बलात्कारका मुद्धा, ठगिका मुद्धा, साईवर मुद्धा। अनावश्यक कुरामा नाम जोडिदा किन जवाफ दिईरहनु भनेर चुप लागेर बसेको त तिमिहरुलाई जे पनि बोल्न भन्न छुट दिन हो?

मन बढेको हो? भिड्न खोजेको हो? एउटा कुरा ध्यान दिएर सुन, झुठा र ईमोस्नल कुरा गरेर म फ्यान बढुल्न आएको होईन। र मलाई छिनभरमा यता छिनभरमा उता गर्ने फ्यान पनि चाहिएको छैन। मलाई बर्षेोदेखि हेर्ने मेरा रियल शुभचिन्तकले मलाई नजिकबाट चिनेका छन्। तिमिलाई मन परेका व्यक्तिहरुको सत्य कुरा बाहिर ल्याउदा मेरो फ्यान फलोअर्स जिरो हुन्छ भने पनि म तयार छु। कसैले भेट्दा चिनोस र फोटो खिचोस, सेलिब्रेटि हुन पाम भन्ने शुन्य प्रतिशत लालच छैन। किनकी बिगत १३ वर्षदेखि म पत्रकार हुँ। मेरो जिवनको उर्जाशील समय यही क्षेत्रमा लगानी गरिसकें। जति दिनसम्म सक्छु ईमानदार भएर काम गर्नेछु, मेरा असलि शुभचिन्तकको विश्वास तोड्ने काम गर्ने छैन। नसकेको दिन म घोषणा नै गरेर पत्रकारिताबाट सधैका लागि अलग हुनेछु। धन्यवाद।

प्रतिक्रिया दिनुहोस्