Logo

पत्रकार कार्की जनसेवाश्रीद्वारा विभूषित

काठमाडौं, १ बैशाख- विगत डेढ दशकदेखि रङ्ग पत्रकारितामा सक्रिय भेषराज कार्की (प्रदीप) जनसेवाश्री पदकबाट विभूषित भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेबापत पत्रकार कार्कीसहित मानपदवी प्राप्त गर्ने महानुभावहरूलाई बैशाख १ गते शितलनिवासमा आयोजित एक समारोहका बीच विभूषित गर्नुभएको हो। संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गरिन्छ । गत वर्ष पनि सरकारले संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गर्ने घोषणा गरेको थियो ।

जनसेवाश्री पदकबाट विभूषित भएपछि कार्कीले खुशी व्यक्त गरे । ‘रङ्ग पत्रकारिता गरेर मैले पाएको यो सबै भन्दा उच्च सम्मान हो। मोफसलमा विधागत पत्रकारिताको सुरूवात गर्दै काठमाडौंसम्म आइरहदा दिएको निरन्तरताको कदर भएको छ’, पत्रकार कार्कीले भने,’यो विभूषणले अझैँ दायित्व बोध गराएको छ। पत्रकारितासँगै सामाजिक कार्यमा सक्रियता बढाउँन प्रेरणा मिलेको छ।”

सर्लाहीमा रहदै डेढ दशक अगाडी रङ्ग पत्रकारितामार्फत विधागत पत्रकारितामा होमिएका कार्कीले तराई टेलिभिजन, रेडियो सिटी, कान्तिपुर टेलिभिजनमा काम गरिसकेका छन्। उनी हाल राष्ट्रिय समाचार समितिका समाचारदाता र वेब पोर्टल द सिनेमा टाईम्स डटकमका सम्पादकको रूपमा कार्यरत छन्। उनी यो वर्ष जनसेवाश्रीमार्फत विभूषित हुने एक्ला चलचित्र पत्रकार हुन्।

प्रतिक्रिया दिनुहोस्