Logo

‘नाई नभन्नु ल ६’ मा आँचलको उत्कृष्ट अभिनय

नेपाली चलचित्र ‘नाई नभन्नु ल ६’ वैशाख १५ गतेदेखि प्रर्दशनमा आएको छ । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र ‘नाई नभन्नु ल’ का यसअघिका ऋङ्खलाहरु सफल चलचित्रका रुपमा स्थापित भइसकेका छन् ।

बाल प्रेममा केन्द्रीत रहेको यसअघिका सिरीजहरुमा ‘नाई नभन्नु ल ६’ सम्म आइपुग्दा वयस्कको प्रेम कथालाई चलचित्रमा देखाइएको छ । चलचित्रमा ऋतु र शिशिरको मायाप्रेमपछिको घटनाक्रमलाई चित्रण गर्न खोजिएको छ ।

गीत संगीतमार्फत सफल बनिरहेको चलचित्र ‘नाई नभन्नु ल’ को छैटौँ ऋङ्खलासम्म आइपुग्दा चलचित्रमा शिशिर र ऋतुको अभिनयले दर्शकहरुको मन जितिरहेको निर्माण पक्षको दाबी छ । चलचित्रमा ‘ऋतु’ आँचल शर्मा हुन्छिन भने ‘शिशिर’ आशिर्वाद क्षेत्री हुन्छन् । आँचलले चलचित्रमा उत्कृष्ट काम गरेकी निर्माण पक्षले दाबी गरिरहँदा उनले चलचित्रमा आफ्नो पात्र र भूमिकालाई न्याय दिएको बताइन्छ । ६ सम्म आइपुग्दा उनको अभिनयमा पनि निखारता आएको बताइन्छ ।

ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै चलचित्रको विषयवस्तु रहेको बताइएको छ । आफ्नो प्रेमको लागि शिशिर (आशीर्वाद क्षेत्री) ले गरेको त्याग, तपस्या, द्वन्द्व चलचित्रमा देखाइएको निर्देशक आचार्यले बताए । त्यस्तै भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला ? यही जिज्ञासालाई कथामार्फत देखाउन खोजिएको र यो चलचित्रको मुख्य कथा रहेको निर्देशक आचार्य बताउँछन् ।

निर्देशक आचार्यले चलचित्रको पटकथा पत्रकार सामीप्यराज तिमल्सेना र अरुणदेव जोशीसँगको सहकार्यमा तयार पारेका हुन् । चलचित्रमा बालकलाकार एविलिना खड्का, अथर्व लुइँटेल उप्रेती, आयुष गुरागाईं, योगिशा खत्री, एन्जेल राई र अनुभव रेग्मीले अभिनय गरेका छन् ।

यस्तै चलचित्रका मुख्य भूमिकामा आँचल शर्मा, आशीर्वाद क्षेत्री, केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल र स्वस्तिमा खड्काको अभिनय देख्न सकिन्छ । उनीहरुको भूमिका चलचित्रमा केवल पारिवारिक चरित्रको रूपमा मात्र चित्रण गरिएको छ ।

यो चलचित्र प्रदर्शन भएसँगै निर्देशक आचार्यले सातौँ ऋङ्खला बन्ने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्