Logo

चलचित्र “ए साथी सुन”को लिरिकल गीत सार्वजनिक

आगामी जेष्ठ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र “ए साथी सुन”को लिरिकल गीत सार्वजनिक भएको छ । स्याड भर्सनमा तयार पारिएको गीतमा चलचित्रका मुख्य कलाकार बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँको केही चल अचल दृश्यहरु समावेश गरिएको छ । चलचित्रको सार्वजनिक लिरिकल मनले भन्छ बोलको गीतमा हर्क साउँदको शब्द रचना तथा उज्वल सागरको संगीत र स्वर सुन्न सकिन्छ ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको चलचित्रमा बर्षा र रमेशका अलवा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा चलचित्रमा अभिनय गरेका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम चलचित्र समेत हो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको चलचित्रलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको सह-निर्मातामा सुदीप पौडेल छन् । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्