Logo

प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार हुदैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नहुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशको अर्थतन्त्रले जनप्रतिनिधिहरुलाई तलब भत्ता खुवायन नसक्ने भन्दै संधियता खारेजीको माग राप्रपाले विगतदेखि राख्दै आएको छ । देशको अर्थतन्त्रको एक अंश देशभरका निर्वाचित जनप्रतिनिधिलाई तलब भत्ता दिनुपर्ने भएकाले पनि अर्थ तन्त्र झन कम्जोर हुँदै गएको बताएका छन् ।

सरकारले बजेटका लागि प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताले अर्थतन्त्र सुधार नआउँने उनले बताए । देशको अर्थतन्त्र सुधारको लागि सरकारलाई आफूहरुले आवश्यक सहकार्य गर्न तयार रहेको समेत उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्