Logo

स्वर्गीय पिता जगत प्रसाद रिजालको नाममा जोगिन्दरले गरे विद्यार्थीलाई सहयोग

जोगिन्दर र मुखियाजीको उपनामले परिचित हास्य कलाकार शिव शंकर रिजालले चार जेहेन्दार विद्यार्थीलाई सहयोग गरेका छन्। आफूले नै अध्यन गरेको श्री सरस्वती उच्च माध्यमिक विद्यालय हजरियामा अध्यनरत चार विद्यार्थीलाई उनले पोशाक, झोला र शैक्षिक सत्रभर चाहिने पुस्तक, कपी र कलमसहित केही नगद सहयोग गरेका हुन्।

जोगिन्दरले आफ्नो स्वर्गीय पिता जगत प्रसाद रिजालको स्मृतिमा स्थापित अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गरेको जानकारी दिए। ‘एउटा सानो प्रयास गरेको हुँ। आर्थिक अभावमा शिक्षाबाट बन्चित हुन् नपरोस् भनेर थालनी गरेको हुँ’,जोगिन्दरले भने,’आफैँले अध्यन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा निकै खुसी छु। आज विद्यालयका प्रध्यानाध्यापकसँगै शिक्षक गणले सहयोग हस्तान्तरण गर्नुभयो।”

सर्लाही घर भइ संघर्ष गरेर राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गरेका जोगिन्दर कलाकारितासँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन्। उनि सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका निर्वाचित महासमिति सदस्यसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्