Logo

पूर्वगृहमन्त्री बालकृष्ण खाँड आफनो घरबाट पक्राउ

शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नो निवासबाट आज पक्राउ परेका छन् । उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।हाल उनलाई अपराध अनुसन्धानको कार्यालयको हिरासतमा राखिएको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

प्रहरीले अर्का पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई पनि पक्राउ गर्ने तयारी गरेको बताइएको छ । उनका छोरा प्रतीक थापा पक्राउ पुर्जी जारी भएपछि फरार छन् । गिरोहका सदस्यले बादलकी श्रीमती नैनकला थापाको नाम पनि पोलेका छन् ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्