Logo

“नौ डाँडा पारी”मा मोडल समारिका र सुजनको रोमान्स

गायक अनिल रिजालको नयाँ गीत सार्वजनिक भएको छ। अनिल रिजाल युट्युब च्यानलमार्फत “नौ डाँडा पारी” बोलको गीत सार्वजनिक गरिएको हो।
गीतको भिडिओमा मोडल समरिका ढकाल र सुजन थापालाई देख्न सकिन्छ।

अनिल रिजालकै शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन पनि उनि आफैले गरेका छन् । अविनाश श्रेष्ठको मिक्सिङ तथा मास्टरिङ र समिर टम्टाको एरेन्ज रहेको गीतको भिडिओलाईकिरण दाहालले निर्देशन गरेका हुन्।

ले छायांकन गरेको गीतलाई ले सम्पादन गरेका छन्। नौ वर्ष देखि संगीत गर्दै आएका अनिल रिजालको पहिलो कार्य भने “नौ डन्डा परी” हो।
गीतलाई निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । दुई प्रेमी प्रेमिका बीचको प्रेम सम्बन्धलाई निर्देशकले गहन तरिकाले ढालेका छन् ।

गहिरो प्रेममा रहेका दुई आत्माको मनमोहक कथा नै “नौ डाँडा पारी” हो । शरीर जतिनै टाढा भएपनि साचो माया गर्नेलाई कहिले भुल्न नसकिने र सम्बन्ध झन् मजबुत हुने कथा यस गितमा देख्नसकिन्छ ।गीतको बलियो पाटो भने यसका धुनहरू हुन् जसले आत्मालाई उत्तेजित गर्छ भने चुनौतीहरू अझ सुन्दर रूपमा चित्रण गरिएको छ ।

(भिडियो हेर्नुस )

 

प्रतिक्रिया दिनुहोस्