कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ ।
जबरजस्ती करणीमा मुद्दा दर्तासमेत भइसकेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।
‘बिहीबार राति नै आरोपीलाई पक्राउ गरेका हौँ’ उनले भने, ‘हामी अहिले अनुसन्धानमै छौँ ।’
प्रतिक्रिया