चर्चित नायिका ऐश्वर्या राय वच्चन र उनकी छोरी आरध्याले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणको सिकार भएर १० दिनअघि अस्पताल भर्ना भएकी बलिउड नायिका ऐश्वर्या राय वच्चन अस्पतालबाट डिस्चार्ज भए लगत्तै ऐश्वर्याका पति तथा नायक अभिषेकले खुशी हुँदै पत्नि र छोरी घरका लागि निस्किएको एक ट्विट मार्फत जनाएका छन् ।
ट्विटमा उनले खुशी ब्यक्त गर्दै आफ्नो परिवारको लागि स्वास्थ्यलाभको कामना गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै ऐश्वर्या र आरध्या अब घरमा नै बस्ने जनाएका छन् ।
कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेपनि उनी ससुरा अमिताभ र पति अभिषेकभन्दा केही दिन ढिलागरी अस्पताल भर्ना भएकी थिइन् । भारतमा कोरोनाको महामारी बढीरहेका बेला सेलीब्रेटीमा पनि एकपछि अर्को गर्दै संक्रमण बढीरहेका बेला वच्चन परिवारका जया बाहेक सबै सदस्यमा संक्रमण पुष्टी भएपछि मुम्बईको नानवती अस्पतालमा भर्ना भएर उपचार गराएका हुन् ।
सोही अस्पतालमा उपचाररत अमिताभ र अभिषेकको यसअघि डिस्चार्जको खबर आएको भएता पनि अमिताभले आँफु अस्पतालमा नै रहेको पुष्टी गर्दै समाचारको खण्डन गरेका थिए । यसैबिच अभिषेकले आज पोष्ट गरेको ट्विटमा आँफु र आफ्ना पिता अमिताभ भने चिकित्सकको निगरानीमा अस्पतालमा नै रहने उल्लेख गरेका छन् ।
प्रतिक्रिया