Logo

अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै भारत, नेपालमा बरामद भएको अवैध वस्तु फिर्ता लान मानेन !

नेपाल प्रहरीले बरामद गरेको ठुलो मात्राको रक्तचन्दन भारतले फिर्ता नलिएछि त्यसको व्यवस्थापन गर्न नेपाललाई समस्या परेको छ । प्रहरी र वन विभागले लगभग १ लाख ५० हजार किलो रक्तचन्दनको सुरक्षा र व्यवस्थापनमा करोडौँ खर्च भइरहेको छ ।

अवैध तरिकाले भित्रिएका रक्तचन्दन समातिएपछि सम्बन्धित देशमै फिर्ता गर्नुपर्ने प्रावधान छ । त्यसैअनुसार सरकारले पटकपटक ताकेता गरे पनि भारतले लगेको छैन ।

बरामद लोपोन्मुख जडीबुटी सम्बन्धित स्थानमै फिर्ता गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुन र महासन्धिको प्रावधानअनुसार मन्त्रिपरिषद्ले फिर्ता दिने निर्णय गरेको थियो । फैसलापछि भारत सरकारलाई पत्रचार गरिएपनि भारतले कुनै चासो नदेखाएको आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्