Logo

प्रदेश २ का प्रदेश सभा सासंदले बाँडे आफनो निर्वाचन क्षेत्रका २२ वटा स्वास्थ्य चौकीमा पीपीई,सेनिटैजर र हातमा लगाउनि गोलोवस

प्रदेश २ नेपाली कांग्रेसका प्रदेश सभा सांसद वीरेन्द्रप्रसाद सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सबै हेल्थ पोस्ट र स्वास्थ्य चौकीहरुमा पीपीई, मास्कलगायतका सामग्री वितरण गरेका छन् ।प्रदेश २ को सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेशसभा सांसद सिंहले २२ वटा हेल्थ पोस्ट र स्वास्थ्य चौकीमा पीपीई, मास्क, पञ्जालगायतका सामग्रीहरु वितरण गरेका हुन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक हेल्थ पोस्ट र स्वास्थ्य चौकीहरुमा २–२ थान पीपीई, १००–१०० था पञ्जा, सेनिटाइजर, सर्जिक मास्कलगायतका सामग्रीहरु वितरण गरेका छन् ।विश्वभर कोरोना महामारीको रुप लिइरहेको अवस्थामा निर्वाचन क्षेत्रको स्वास्थ्य चौकीहरुमा अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिन सहयोग गरेको प्रदेश सांसद सिंहले बताए ।

निर्वाचन क्षेत्रको बरहथवा, हजरिया, बसबरिया, रामवनलगायतका स्थानमा रहेको हेल्थ पोस्ट र स्वास्थ्य चौकीहरुमा कोरोना संक्रमणको जोखिमबाट जोगिन सानो सहयोग गरेको उनले बताए ।कोरोनाको संक्रमणबाट आमजनतालाई सुरक्षित राख्न र स्थानीय तहहरुमा अत्यावश्यक सामग्रीको अभाव देखिएको भन्दै सांसद सिंहले निजी खर्चमा पीपीईलगायतका सामग्रीहरु सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्