Logo

भिडियोको काम रोक्ने पलको घोषणा

अभिनेता पल शाहले केही समय भिडियोमा काम नगर्ने भएका छन् । कोरोनाको जोखिम बढ्दै गएका कारण उनले केही समय भिडियोमा काम नगर्ने निधो गरेका हुन् ।

कोभिड-१९को त्रास सुरु भएसँगै सरकारले लकडाउन गरेको थियो । यस्तैमा, केही समय अगाडिदेखि लकडाउन केही खुकुलो भयो । यसै समय पलले झण्डै आधा दर्जन भिडियोमा काम गरिसकेका छन् ।

अब भने जोखिम बढ्दै गाएका कारण पल भिडियोमा काम गर्न डराएका छन् । भिडियोमा काम गर्दा पनि २०-२५ जनाको टिम हुने भएकाले पल डराएका हुन् ।

कोरोनाको संक्रमण बढेसँगै सरकारले पुनः कडाईको तयारी गरिरहेको छ । अब भिडियो छायांकनको लागि पनि रोक लगाउने तयारी सरकारले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्