काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन जाने भएका छन् । भदौ अन्तिम साता भारत भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री ओली त्यसअघि नै चीन जान लागेका हुन् । तिआन्जिन सहरमा हुने सांघाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन ओलीलाई चीनको निमन्त्रणा बुधबार प्राप्त भएको हो । प्रधानमन्त्री ओली जाने पहिले नै पक्का भएको, तर औपचारिकताका…