काठमाडौं । संवैधानिक अदालतले थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै मंगलवार निलम्बन गरेको हो। ‘संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ,’ विज्ञप्तिमा भनिएको छ। मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात…