श्रीलंकामा प्रदर्शनकारीको कब्जामा रहेको राष्ट्रपति कार्यलय आज खुल्दै

श्रीलंकामा प्रदर्शनकारीले घेराबन्दी गरेको राष्ट्रपति कार्यालय आज सोमबारबाट पुनः खुल्ने भएको छ । केही दिनअघि सरकारले सेनाको बल प्रयोग गरेर राष्ट्रपति कार्यलय परिसरबाट सरकार विरोधी प्रदर्शनकारीहरूलाई हटाएको थियो । सरकारको उक्त कदमको अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको छ । प्रदर्शनकारीहरूले यसै महिनाको सुरुमा देशको आर्थिक संकटलाई लिएर तीब्र आक्रोशबीच प्रदर्शनकारीले उपनिवेशकालिन उक्त भवनलाई कब्जामा लिएका थिए…