काठमाडौं । सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएपछि अष्ट्रेलिया भ्रमणमा रहेको नेपालले अभ्यास खेलमा जित निकालेको छ । मंगलबार बिहान भएको पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) लाई ४१ रनले पराजित गरेको हो । जितको लागि १७८ रनको विजयी लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा अलआउट हुँदै १३६ रनमात्र बनाउन सक्यो । एसीटीका लागि…