Logo

खेलकुद

आज हुने खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्ने छ ।

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ‘ए’ को तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । खेल दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ । छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन

खुशीको खबर विश्वकप छनोट : बलिङमा चम्किँदा नेपालको विजयी सुरुवात

काठमाडौं – ओमानमा जारी टी-२० विश्वकप ग्लाेवल क्वालिफायरअन्तर्गत नेपालले पहिलाे खेलमा विजय हासिल गरेकाे छ । नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएकाे १ सय १८ रनकाे लक्ष्य पछ्याएकाे ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे । ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले

बलात्कारको आरोपमा युनाइटेडका युवा खेलाडी पक्राउ

म्यानचेस्टर युनाइटेडका युवा खेलाडी मेसनग्रिनवुड प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा उनीमाथि बलात्कार र हिंसाको आरोप लगाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । एक महिलाले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्बिर र भिडियोको बारेमा आफूहरुलाई जानकारी गराइएको ग्रेटर म्यानचेस्टर प्रहरीले बताएको छ । बलात्कार र हिंसाको आशंकामा २० वर्ष आसपास

ओलावालेको ह्याट्रिकमा मनाङको फराकिलो जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले फराकिलो जित निकालेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङले च्यासल युथ क्लबलाई ५–० गोल अन्तरले हराएको हो । खेलको तेस्रो मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४३औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङको

ज्ञानेन्द्र मल्ललाई हटाउनुको कारण यस्तो: कप्तान सन्दीप नै रहन्छन्, परिवर्तन हुँदैन : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले क्यान बोर्ड बैठकले गरेको कप्तान परिवर्तनको निर्णय उसकाे अधिकार भएको बताएका छन् । आज बिहीवार आयोजित पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा प्रशिक्षक पुबुदुले ‘सेन्ट्रल कन्ट्रयाक्ट’ को विषय समाधान गरे अरू सबै समस्याको अन्त्य हुने भन्दै कप्तानको विषय भने क्यानको बोर्ड बैठकको अधिकार

मेसी बार्सिलोनामै रहने : क्लब छाड्ने निर्णयको बदलामा बार्तामेउ अध्यक्ष पद छाड्न तयार !

स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका

मेस्सीले छोड्दै छन् बार्सिनोला कुन क्लब ले लैजाला त ?

मंगलबार राति एउटा सनसनी समाचारले फुटबल जगतलाई हल्लाइदियो । स्पेनिस क्लब बार्सिलोनाका कप्तान तथा सुपरस्टार फुटबलर लियोनल मेस्सीले क्लब छाड्न चाहेको सार्वजनिक भएपछि विश्वभर रहेका उनका समर्थक स्तब्ध बने । बार्सिलोनाका पर्यायका रुपमा हेरिन्छन् मेस्सी । मेस्सी बिनाको बार्सिलोनाको कल्पना पनि गर्न सक्दैनन् फ्यानहरु । अहिले उनीहरुबीच विभिन्न प्रश्नोत्तर र

अन्तत : मेसीको कलब छाड्ने निर्णय !

अन्तत: लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् । कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस

रोनाल्डो भन्छन् नेमार भन्दा एम्बाप्पे ठीक

रियल मड्रिडले लामो समयको लागि ठूलो लगानी गर्ने हो भने पेरिस सेन्ट जर्मेनका फ्रान्सेली खेलाडी केलियन एम्बाप्पेलाई गर्नुपर्ने ब्राजिलियन रोनाल्डोले बताएका छन् । स्पानिस क्लब रियल भाल्लाडोलिडका मालिक समेत रहेका रोनाल्डोले आफ्नै देशका नेमार भन्दा फ्रेन्च युवा खेलाडी एमबाप्पे सही रहेको बताएका हुन् । उमेर भिन्नताका कारण उनले एम्बाप्पेलाई रोजेका

पूर्व फुटबलर रन्जितको तेस्रो रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएका राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी रन्जित श्रेष्ठको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । हाल वैदेशिक रोजगारीको सिलसिलामा युएईको दुबईमा रहेका उनको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो । दुबईको एक होटलमा सेल्फ आइसोलेसनमा बसिरहेका रन्जितले आफ्नो पछिल्लो टेस्ट नेगेटिभ आएको अनलाइनखबरलाई बताए । ‘मेरो पछिल्लो टेस्ट