१५ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकार निर्माणमा विवादको विषयमा कोशी प्रदेशका संघीय सांसदहरूसँग छलफल गरिरहेका छन्। गृह मन्त्रालयमा अहिले छलफल जारी छ। बैठकमा कोशी प्रदेशबाट निर्वाचित संघीय सांसदहरु सहभागी छन्। पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गृहमन्त्रीले बैठक राखेका हुन्। केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि विवादले उग्र रूपमा लिएपछि अहिले स्थगित भएको छ।…