काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुलेआफूहरुसँग समन्वय नगरेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा सहभागीहरुले मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो गरेका हुन् । वडा अध्यक्षहरुको गुनासोपछि मेयर साहले अबदेखि जानकारी गराउने प्रतिबद्धता जनाए । काठमाडौं
आफू र परिवारबीचको विवादबारे आयोजित पत्रकार सम्मेलनमा र्यापर जी-बबले पारिवारिक अवरोधलाई नस्वीकार्ने बताएका छन् । परिवारबाट स्वतन्त्रता माग्दै आफूले मुद्दा हैन प्रशासनमा निवेदन दिएको समेत उनले बताए । आधा घण्टा लामो पत्रकार सम्मेलनपछि जी-बब पुनर्स्थापना केन्द्रमा फर्किएका छन् । उनी समर्पण समाज नामक पुनस्र्थापना केन्द्रका सदस्यहरुसँगै त्यतसर्फ लागेका हुन् ।
काठमाडौं महानगरपालिका र नबिल बैंक बीच आज सम्झौता भएको छ। जस अनुसार केन्द्रीय कार्यालय र १८ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछन्। शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ । यो सम्झौता ५ वर्षको हुने
बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टिम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाइ गर, निर्दोषलाई फसाउन पाइँदैन जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह दोस्रो पटक सिसडोलमा पुगेका छन् । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् । यस्तै मेयर बालेनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।उनले फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३–४ महिना लाग्ने
प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न बालेन प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए । ‘तपाईँले चमत्कार गर्नुभयो । ५ वर्षे कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४
आफू माथी अभद्र व्यवहार भएको भन्दै नायिका मिरुना मगरको उजुरीपछि पक्राउ परेका फुर्वा लामा आज दिउँसो धरौटीमा छुटेका थिए । रिहा भएसंगै मिरुना र फुर्वा पक्ष बीच सहमती भएको छ। सार्वजनिक भएको सम्झौतापत्रमा फुर्वाले अभद्र व्यवहारपछी मागी मागेको कारण आफ्नै भाई सम्झेर माफी दिएको उल्लेख गरिएको छ। सहमिति पत्रमा अभिनेत्री
आईतबार बिहानदेखि सम्पर्कविहीन रहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङस्थित टिभी अन्नपूर्ण संवाददाताले दुर्घटनास्थलबाट भर्खरै दुर्घटनाग्रस्त बिमानको फोटो पठाएका छन । उनका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–२ को माथि मौरिकोटको पारिपट्टी हुम भन्ने गाऊँ नजिकै हिमालको खोचमा जलेर बचेका केहि विमानका टुक्राहरु र यात्रुको शव यत्रतत्र छरिएको अवस्थामा
मेयर बन्नेको २४ घण्टा नबित्दै नवनिर्वाचित मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेका छन् । मेयर साहले शुक्रबार साँझ ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गरेका हुन् । त्यसक्रममा उनले स्थानीयको माग सम्बोधन गरेर जाने बताए । त्यसका लागि योजना पनि बनाइसकेको उनले बताए
काठमाडौं महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) बन्ने पक्काजस्तै छ । २० हजारभन्दा कम मतगणना बाँकी रहेको अवस्थामा उनी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा २० हजार बढी मतले अगाडि छन् । मेयरमा विजय हुने पक्का भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका छन् । ‘स्थानीय तह निर्वाचन २०७९