ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी बेच्न रोक लगाउने भएको छ। हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ। आजदेखि माइकिङ गर्दै नगर प्रहरीले पानी पुरी बेच्न रोक लगाएको हो। ‘हामी आज महानगर भित्रका हरेक सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी बेच्न रोक लगाएका छौ’, नगर प्रहरी प्रमुख…