काठमाडौं । अन्ततः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह आफूले गरेका निर्णयबाट ब्याक हुन बाध्य भएका छन् । आफ्नो अथक प्रयास असफल भएपछि उनले चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी दिएका छन् । बालेनले वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः सम्पदा तथा पर्यटन समिति, विधायन समिति, सुशासन समिति र सूचना तथा प्रविधि…