काठमाडौं - आगामी भाद्र ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको १७औं नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर उद्घाटनको लागि अनुरोध गरेका थिए, जसलाई प्रधानमन्त्रीले सहर्ष स्वीकार गरेका छन्। यस वर्षको अटो शो नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा हुन…