राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सभापति तपेश्वर यादवको पार्टीभित्र मनमानी कार्यकर्ताले मागे राजीनामा

मधेस प्रदेश l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशको संगठनात्मक गतिविधिमा गम्भीर प्रश्न उठिरहेका छन्। प्रदेश सभापति तापेश्वर यादवले एकलौटी ढंगले पदाधिकारी नियुक्ति गरेको भन्दै सप्तरीमा विवाद चुलिएको छ। सप्तरीमा हालै सम्पन्न कार्यक्रममा ५० जना पनि कार्यकर्ता उपस्थित नभएको दाबी गरिएको छ। त्यसबेला केन्द्रका उपसभापति स्वर्णिम वाग्ले र प्रदेश इन्चार्ज उपस्थित हुँदा पनि प्रक्रियागत पारदर्शिता…