बागमतीमा एमालेबाट मन्त्री बन्नेको टुंगो लाग्यो, कांग्रेस छलफलमै

काठमाडौं । बागमती प्रदेशमा मंगलबार नयाँ सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दिउँसो कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्दैछन् । नयाँ मन्त्रीहरूले पनि मुख्यमन्त्री बानियाँसँगै सपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र सपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ…