काठमाडौं– वैदेशिक रोजगारका लागि रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३९ वर्षीय मनिल कुमार लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनले रोमनिया पढाइदिने भन्दै ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने…